spot_img
spot_img
spot_img

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले डोमिनियनलाई ७८ करोड ७५ लाख डलर तिर्ने

spot_img

एजेन्सी ।

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले भोटिङ मेशिन कम्पनी डोमिनियनलाई ७८ करोड ७५ लाख अमेरिकी डलर तिर्ने भएको छ । सन् २०२० मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावको समयमा डोमिनियनको भोटिङ मेशिनले गलत सूचना प्रवाह गरेको भन्दै समाचार प्रकाशन गरेको विषयमा फक्स न्युजले क्षतिपूर्ति तिर्ने भएको बीबीसीले जनाएको छ । फक्स न्युजले प्रत्यक्ष प्रसारणको क्रममा राष्ट्रपतीय चुनावमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध डोमिनियनको भोटिङ मेशिन प्रयोग गरिएको आरोप लगाएको थियो । फक्स न्युजले चुनावको समयमा प्रकाशन गरेको गलत समाचारले आफ्नो कम्पनीलाई क्षति पुगेको भन्दै डोमिनियनले एक अर्ब ६० करोड डलर मागदाबी गरेको थियो । अदालतको आदेश आउनुअघि नै दुवै कम्पनीबीच मागदाबी गरेको झन्डै आधा रकम फक्स न्युजले तिर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img