काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीमा उपचाररत पौडेलले पछिल्लो स्वास्थ्य अवस्था सुधार हुदै गएको उपचारमा संलग्न डाक्टरहरूले जानकारी दिएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । उहाँ उपचारका लागि हिजो (बुधवार) नयाँ दिल्ली जानुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??