झविन्द्र देवकोटा, रुपन्देही ।
रुपन्देहीका दुई प्राचार्यले वेष्ट प्रिन्सिपल अवार्ड पाएका छन् । शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै देवदहको सगरमाथा आवासिय माविका प्राचार्य कृष्णप्रसाद पौडेल र बुटवलको दीप बोर्डिङ स्कुलका टिकाराम न्यौपानेले बेष्ट प्रिन्सिपलको अवार्ड प्राप्त गर्नुभएको हो। अनुजा मिडियाले प्रदान गर्ने बेष्ट प्रिन्सिपल अवार्डले पौडेल र न्यौपाने सहित देशभरका २० विद्यालयका प्राचार्य सम्मानीत भएका हुन। बिगत ४ बर्ष देखि विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको अनुजाले बिभिन्न क्षेत्रका सफल व्यक्तित्वहरुसँगको सहकार्यमा स्कुल तथा कलेजका विद्यार्थीहरुको लागि योङ लिडर्ससीप प्रोग्राम गर्दै आएको छ । सोही अनुसार देशभरका २० प्राचार्यलाई सम्मान गरिएको अनुजाले जनाएको छ । अनुजा मिडियाद्वारा आयोजित एडुकेशन एक्सिलेन्स अवार्डमा नेपाल भरिका संस्थागत विद्यालयहरु मध्यबाट २० जना छनोटमा परेका उत्कृष्ट प्रिन्सिपलहरुलाई बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो । अनुजा मिडियाले शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरेको अनुजा मिडियाका अध्यक्ष अनुजा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक क्षेत्रमा १५ वर्ष योगदान दिएको, शैक्षिक संस्थासँग सम्वन्धित तथा शैक्षिक विकासका लागि अनवरत खटिएका मध्यबाट अवार्डका लागि छनोट गरिएको हो । काठमाण्डौमा अवार्डका लागि योग्य प्राचार्यहरुलाई छनोट गरिएको र अवको केही दिनमा कार्यक्रम गरेर उक्त अवार्ड प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताउनुभयो । अनुजा मिडियाले शैक्षिक गतिविधिसँगै नेतृत्व ब्यक्तित्व विकास, शैक्षिक विकास तालिम लगायतका कार्यक्रम गर्दै आएको आचार्यले बताउनुभयो ।
सगरमाथाका पौडेल र दीपका न्यौपानेसँगै ‘बेस्ट प्रिन्सिपल अवार्ड’ देशभरका २० जनाले प्राप्त गरेका हुन। प्याब्सन, एन प्याब्सन, हिसान लगायतका संस्थागत विद्यालयहरुका छाता संगठनको सिफारिसका आधारमा अवार्डका लागि २० विद्यालयका प्रिन्सिपल छनोटमा परेका हुन् । छनोट पर्नेमा एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका भक्त राजभण्डारी, लिटिल एन्जेल्स स्कुल, हातीबनका मुकुन्दराज शर्मा, स्टार हाईएर सेकेन्डरी स्कुल बिराटनगरका डा उद्दवप्रसाद पोख्रेल, पाणिनि स्कुल काठमाडौंका कर्णबहादुर शाही, विद्या सागर सेकेन्डरी स्कुल बनेपाका हिरा शर्मा नेपाल, लिटिल आईन्स्टाईन सुन्दर प्रि–स्कुलका डाक्टर श्याम सुन्दर चौधरी, आदर्श ईंग्लिश स्कुल पर्बतका हिम बहादुर पौडेल क्षेत्री, सुदुर पश्चिमान्चल एकेडेमी कैलालीका योगराज गौतम, माउन्ट हर्मन ईंग्लिश स्कुल, ललितपुरका सरस्वती श्रेष्ठ, माउन्ट मेची बोर्डिङ स्कुल, ईलामका राजेन माइकल गुरुङ, मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका भुवनलाल श्रेष्ठ, लोटस ईंग्लिश स्कुलकी सन्जीता मैया शाही ठकुरी राई, हाईड एन्ड सिक किन्डरगार्टेन काठमाडौंकी कुमुद छतकुली भट्ट, क्वेस्ट ईंग्लिश स्कुल मोरङका दिपक क्षेत्री, लिटिल स्टार पब्लिक स्कुल कंचनपुरका समर जङ बहादुर चन्द, जीवन ज्योती सेकेन्डरी स्कुल बिरगंजका शिव गुप्ता र युनाईटेड एजुकेसनल एकेडेमी, बाँकेका विकास बज्राचार्य छन। संस्थाले बिगत ४ बर्षदेखि विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको अनुजा मिडियाले जनाएको छ ।