काठमाण्डौ ।
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँएको छ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनस्प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड दिने गरिन्छ । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ। बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ। सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।