spot_img
spot_img
spot_img

भारतका अमृतपाल सिंह पक्राउ

spot_img

एजेन्सी ।

भारतको पञ्जाव प्रान्तलाई छुट्टै खालिस्तान राज्य बनाउने अभियानलाई पुनः उठाएर चर्चामा आएका अमृतपाल सिंह पक्राउ परेका छन् सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाको रोद गाउँबाट पक्राउ गरेको हो । उनका निकट सहयोगी जोगा सिंह र पप्पलप्रित सिंह फक्राउ परेको एक सातामै अमृतपाल पनि पक्राउ परेका हुन् । पक्राउ गर्नुअघि अमृतपाल गुरुद्वारामा प्रवचन दिइरहेका थिए । उनी आफ्ना समर्थकहरूको भीडसँग यहाँ आत्मसमर्पण गर्न चाहन्थे । उनलाई भटिण्डा एयरपोर्ट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ । अमृतपाल विरुद्ध एनएसए अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

अमृतपाल विगत ३६ दिनदेखि फरार थिए। उनले आफ्ना एक समर्थकको रिहाईका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै पनि आएका छन। भारतीय प्रहरी स्रोतका अनुसार अमृतपाल सिंह १४ अप्रिलमा आत्मसमर्पण गर्न चाहन्थे। भटिंडाको तलवंडी साबोस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्ने उनको शर्त थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img