spot_img
spot_img
spot_img

भारतमा पहिलो पटक वाटर मेट्रो सञ्चालन हुँदै

spot_img

एजेन्सी ।

भारतमा मंगलबारबाट पहिलो पटक वाटर मेट्रो सञ्चालनमा आउने भएको छ । केरलाको कोचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो वाटर मेट्रोको शुभारम्भ गर्ने छन् । कोची वाटर मेट्रोले राज्यको जल यातायात क्षेत्रमा क्रान्ति ल्याउने तथा पर्यटनलाई प्रवद्र्धन गर्ने केरलाका मुख्यमन्त्री पिनाराई विजयनले प्रतिक्रिया दिएका छन्। कोचिन शिपयार्ड लिमिटेडले बनाएको यो मेट्रो परियोजनाको आरम्भमा आठ वटा विद्युतीय हाइब्रिड डुंगाहरू सञ्चालन गरिने छन् ।

कोची वाटर मेट्रोले वरपरका १० वटा टापुलाई जोड्ने छ। यस परियोजनामा केरल सरकार र जर्मन कम्पनी केएफडब्ल्यूको लगानी छ । कोची वाटर मेट्रो परियोजनामा ७८ वटा विद्युतीय डुंगा र ३८ वटा टर्मिनल छन् । यो वाटर मेट्रो लिथियम टाइटानाइट स्पाइनल ब्याट्रीबाट चल्ने छ । यो वातावरणमैत्री, विद्युत्त–सञ्चालित तथा अपांगमैत्री भएको बताइएको छ । कोची वाटर मेट्रो परियोजनाको कुल लागत ११३७ करोड भारु रहेको बताइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img