spot_img
spot_img
spot_img

बारा–२ : जसपाका उपेन्द्र यादव ५ हजार बढी मतान्तरले विजयी

spot_img

काठमाण्डौ ।

बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ। प्रतिनिधिसभा सदस्य उपचुनावमा उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउदै बिजयी बन्नुभएको हो। विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img