spot_img
spot_img
spot_img

अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता

spot_img

एजेन्सी ।

अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि महत्वपूर्ण सम्झौता भएको खुलासा भएको छ । वासिङटन भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो। सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियालाई आवश्यक परे उत्तर कोरिया विरुद्ध आणविक हतियार प्रयोग गर्ने अनुमति दिएको छ । तर दक्षिण कोरिया आफैंले भने आणविक हतियारको विकास नगर्ने सहमति भएको जनाइएको छ।

अमेरिकाले आणविक हतियारयुक्त पन्डुब्बी लगायत दक्षिण कोरियालाई उपलब्ध गराउने सहमति पनि भएको छ । बुधबार वासिङ्टनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति सुकयोलले दुई देशबीच ऐतिहासिक सहमति भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै, अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियाको ब्यवहारलाई जवाफ दिने गरी आफूहरु सहमतिमा पुगेको बताउनुभयो । दुई नेताबीच कोरियाली प्रायद्विपलाई आणविक त्रासबाट मुक्त गर्न आवश्यक कदमहरु अघि बढाउने सहमति पनि भएको वासिङ्टन घोषणापत्रमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img