काठमाण्डौ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको २ दिने तालिमलाई सम्बोधन गर्दै किराँतीले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउदै सबै मिलेर जानुपर्नेमा जोड दिनुभएको थियो।
साथै मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाउनुभएको छ । देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताउदै उहाँले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभएको थियो ।