१६ बैशाख, काठमाडौं ।
जनकपुरधाममा शनिबार जानकी नवमी मनाइँएको छ । प्रत्येक वर्ष आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ । जानकी नवमीको अवसरमा शनिबार बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको थियो। जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरू जनकपुरमा आएका थिए । जानकी मन्दिर व्यवस्थापन पक्षले सोही अवसरमा शनिबार विभिन्न कार्यक्रमको समेत आयोजना गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??