काठमाडौं ।
तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाकाहरु सोमबारदेखि पूर्ण रुपमा संचालनमा आउने भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमासंग गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीबिच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार आजदेखी नाकाहरु खोल्न लागिएको हो । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुल्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??