spot_img
spot_img
spot_img

बुटवलमा कर परामर्श तालिम सम्पन्न

spot_img

झविन्द्र देवकोटा, बुटवल।

व्यवसायीक दक्षतावृद्धि तथा कर परामर्श सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम सोमबार बुटवलमा भएको छ। बुटवलका मोवाईल व्यवसायीको कर सम्बन्धी दक्षतावृद्धि र जानकारी गराउने उद्धेश्यले बुटवल मोबाईल संघ रुपन्देहीले कर परामर्श अन्तरक्रिर्या कार्यक्रम गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका सदस्य उज्वल कसजुले आर्थिक मन्दिका कारण ब्यवसायी ठुलो चुनौतीको सामना गरेको यसतर्फ सरकार गम्भिर बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले आउने मौद्रिक नीतिले ब्याजदरका विषयमा सम्वोधन गर्नु पर्ने उल्लेख गर्दै एकल अंकमा ब्याजदर झार्नु पर्ने सुझाव दिनुभयो। उहाँले बजारमन्दीको समस्या ठुलो बन्दै गएकाले बजारलाई चलाउमान बनाउन यसक्षेत्रको घरभाडा दरलाई कम गर्नु पर्नेमा सरोकारवालासँग अनुरोध गर्नुभयो । कर सम्वन्धि विलविजक, अभिलेख लगायतका विषयमा व्यवसायीले जान्नुपर्ने धेरै भएकाले अन्तरक्रिर्या कार्यक्रम व्यवसायीका लागि फलदायि हुने विश्वास व्यक्त गर्नुभयो।

संघका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मोबाईल बितरक संघका उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सुरेन्द्र भारी, संघका उपाध्यक्ष विकास गौतम, कार्यक्रम संयोजक तथा कोषाध्यक्ष शालिकराम क्षेत्री लगायतले कर, करका विषय, राजश्व लगायतका विषयमा ब्यवसायीलाई जानकारी हुनु पर्ने कुरा राख्नु भएको थियो। संघका महासचिव दिपेन्द्र पाण्डेको संचालनमा भएको कार्यक्रममा बुटवल क्षेत्रका तीन दर्जनजति ब्यवसायीको सहभागिता रहेको कर परामर्श कार्यक्रममा कर परिक्षक रामकृष्ण शर्मा वाग्ले र लेखा परिक्षक अनन्तराम खनालले सहजिकरण गर्नु भएको मोवाईल संघका महासचिव दिपेन्द्र पाण्डेले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img