२२ बैशाख, एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोभिड–१९ ९कोरोना भाइरस० ुविश्वव्यापी स्वास्थ्य सङ्कटकालु समाप्त भएको घोषणा गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ुस्वास्थ्य सङ्कटकालु घोषणा गरेको थियो । यो घोषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएको छ । यद्यपि धेरै देशले यसअघि नै कोरोना महामारी सकिएको घोषणा गरिसकेका छन। सन् २०२१ को जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना कोरोना सङ्क्रमितको ज्यान जाने गरेकोमा यो सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताउनुभयो ।