spot_img
spot_img
spot_img

झापामा मसाल जुलुसमा झडप हुँदा प्रहरीसहित दुई दर्जन घाइते

spot_img

काठमाडौं ।

झापामा जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा मसाल जुलुस प्रदर्शन गरेकोमा प्रहरीसँग झडप भएको हो । झडपमा केही प्रहरीसहित दुई दर्जन घाइते भएका छन भने प्रदर्शनकारीले ढुंगामुढा गर्दा दमक इलाका प्रहरी कार्यालयका डिएसपीसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी गराएको छ ।

प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै आफूहरुले बोकेको राँकोले प्रहरीलाई प्रहार गर्न थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले कम्तिमा डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दुई जना घाइते भएको प्रदर्शनकारीहरुको दाबी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img