एजेन्सी ।
बंगलादेश र भारतका दक्षिणी तथा पूर्वोत्तर राज्यहरुमा समुद्री चक्रवातको ब्यापक रूपमा प्रभाव पर्ने भएको छ । मोका नाम दिइएको चक्रवात तीब्र गतिमा अघि बढिरहेको भन्दै तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको हो । प्रति घण्टा १ सय ७५ किलोमिटरको गतिले अघि बढिरहेको चक्रवात बर्मा र बंगलादेशको कोक्स शहर नजिकको क्षेत्रतर्फ अघि बढेको जनाइएको छ । आगामी आइतबारसम्ममा बंगलादेशका तटीय क्षेत्र तथा भारतीय राज्यहरु उडिसा, पश्चिम बंगाल, त्रिपुरामा यसको ब्यापक प्रभाव पर्ने जनाइएको छ ।
त्यस्तै, मणिपुर, नागाल्याण्ड, आसामन र मिजोरममा भीषण वर्षा र आँधीको सम्भावना रहेको छ । बंगालको खाडीको आसपास तथा उत्तरी अण्डमान क्षेत्रमा बढी क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । चक्रवातका कारण भारतका अधिकांश क्षेत्रमा वर्षा र आँधी हुरीको चेतावनी दिइएको छ । भारत सरकारले तटीय क्षेत्रमा सयौंको संख्यामा प्राकृतिक विपद उद्धार फौजलाई परिचालन गरेको छ । चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ । उक्र चक्रवातका कारण नेपालमा पनि हुरी बतास तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।