काठमाण्डौ ।
गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गर्नुभएको थियो । सोही अनुुसार आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराउनुभएको हो।
यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि उहाँको ठाउँमा कांग्रेसका आले मन्त्री बन्नुभएको हो । गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।