बुटवल ।
राष्ट्रिय जनमुक्ती पार्टी सम्बद्ध जनमुक्ती युवा संघले नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करमा संलग्न ब्यक्तिलाई कार्वाहीको माग गर्दै उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ। जनमुक्ती युवा संघका सचिव डिबी थापाद्वारा प्रसित ध्यानाकर्षण पत्रमा “आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी भएको, राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभ र स्वार्थका निम्ति राज्य शक्तिको चरम दुरुपयोग गरी नेपालको स्वाभिमानमा अन्तर्राष्ट्रिय रुपमा लज्जाबोध गराएको गरेको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रिय अपराध हो । यस्ता देशघाती अपराधका प्रकरणलाई कडा कारवाहीको दायरामा ल्याउन माननीय उपप्रधान तथा गृह मन्त्री ज्यू र गृह प्रशासनले तदारुकताका साथ अभियुक्तहरुका सन्दर्भमा पक्राउ एवं अनुसन्धान प्रकृया अघि बढाएकोमा जनमुक्ति युवा संघ हार्दिक सह्राना प्रकट गर्दछ”जनमुक्ती युवा संघका सचिव डि.बी. थापाद्वारा प्रकाशित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
गृहमन्त्री क्षेष्ठलाइई बुझाइएको सो पत्रमा भ्रष्टाचार भनेको आर्थिक अपराध, पदीय दुरुपयोग वा नैतिकहिनताको विषय मात्र नभई देशद्रोह सरहको राष्ट्रिय अपराध भएको उल्लेख गर्दै सम्बन्धित अपराधका प्रमाणहरुका आधारमा अपराधीहरु गिरफ्तार गरिईसकेपछि निजहरुलाई थप अनुसन्धानका आवरणमा र कुनै पनि दवाबका आधारामा उन्मुक्ति दिने कार्य कदापि नगर्न समेत आग्रह गरिएको छ। भ्रष्टाचारीहरुलाई न्यूनतम् जन्मकैद र सम्पत्तिको राष्ट्रियकरण गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्दै सचिव थापाद्वारा प्रेसित पत्रमा जति ठूलो पदमा बसी भ्रष्टाचार गरिएको छ त्यस्ता भ्रष्टाचारीहरुलाई थप कडा सजायको व्यवस्था गर्न र प्रदेश नं १ को नामाकरण ”कोशी“ राखिएको विरोधमा त्यस प्रदेशमा क्रमशः उठीरहेको आन्दोलनका क्रममा शान्तिपूर्ण रुपमा राके जुलुशमा सहभागीहरुमाथि गोली चल्नु अत्यन्तै दुःखद कुरा भएको उल्लेख गरिएको छ। प्रदेश नं १को विषयलाई वार्ता र सम्वादबाट राजनीतिक निकासका लागि संघीय सरकारले नै विशेष पहल गर्नु पर्ने माग समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ।