३१ बैशाख, काठमाडौ ।
१६ बुँदे प्रस्ताव पारित गर्दैनेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ। बैठकले लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो। प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ। बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह र दवाव विना निष्पक्ष रूपमा छानविन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ । यो प्रकरणमा एमालेले सचिव टोपबहादुर रायमाझीबारे केही बोलेको छैन।