spot_img
spot_img
spot_img

युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको रुसको दाबी

spot_img

एजेन्सी ।

रूसले आफ्नो सेनाले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी गरेको छ । बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू सहरको छेउछाउबाट निरन्तर अघि बढिरहेको बताएका छन। रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा हवाई सेनाका एकाईले आक्रमणकारी टुकडीलाई सहयोग पुर्‍याएका र विपक्षी सेनालाई सहरको किनारामा पुर्याएका उल्लेख छ । डोनेट्स्कको पूर्वी क्षेत्रमा थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र बम आक्रमणका घटना भैरहेका छन् ।

यसैबीच युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली देशलाई आग्रह गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रूसी सेनाविरुद्ध प्रतिआक्रमण गर्न थप उन्नत हतियार उपलब्ध गराउन आग्रह गर्दै आउनुभएको छ । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयता निरन्तर आक्रमणका घटना हुँदै आएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img