spot_img
spot_img
spot_img

विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आग्रह

spot_img

कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने बताएका छन् । उनले यस विजयनगर महोत्सवले गाउँपालिकाको कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग हुने विश्वास व्यक्त गरे । उनले मंगलबार विजयनगरमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । अध्यक्ष थापाले सुदुर पश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको पहिचानको साथै ऐतिहासिक स्थलको प्रचारप्रसार हुने र आन्तरिक पर्यटनमा बृद्धि हुने बताए । उनले यस महोत्सवले आन्तरिक पर्यटन तथा उद्योगको प्रवद्र्धनमा विजयनगर महोत्सवले अहम भूमिका खेल्ने जिकिर गरे । विजयनगरका धार्मिक, पर्यटन, साँस्कृतिक र कृषि पर्यटनको सम्भावनाको खोजी गराउन महोत्सवले सघाउ पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरे । महोत्सव मूल समारोह समितिका संयोजक राम प्रघट कोरीले महोत्सवको तयारी तीव्र रुपमा बढेको बताउँदै मेलाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । महोत्सवमा हुने एक सय भन्दा बढी व्यापारिक स्टल, बाल उद्यान, सेल्फी जोन लगायतको सम्पूर्ण कामहरु भइरहेको उनले बताए। महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार र कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्राउन सहयोग पुग्ने संयोजक कोरीले बताए। यस्तै वडा अध्यक्ष तिलकराम कंडेल विजयनगरका कृषि उत्पादन र ऐतिहासिक स्थल संरक्षणमा महत्वपूर्ण भुमिका हुने बताए।

उनले यस महोत्सवलाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। व्यापार संघ विजयनगरका अध्यक्ष गोकर्ण प्रसाद सापकोटाले विजयनगर गाउँपालिकाको पहिचानसहित औद्योगिक व्यापार प्रवद्र्धनमा यस महोत्सवले मदत पुग्ने बताए । उनले व्यापारहरुको आर्थिक बृद्धिको साथै विभिन्न व्यापार, व्यवसायतर्फ प्रोत्साहन गर्ने बताए । जेठ ४ देखि १४ गतेसम्म सञ्चालन हुने विजयनगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। “समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम विजयनगर महोत्सव–२०८०’ आयोजना गरिएको छ । विजयनगर समाज कपिलवस्तुको आयोजना, विजयनगर गाउँपालिका र व्यापार संघ विजयनगरको सह–आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । गाउँपालिकाको वडा नम्बर ४ शंकरपुर खेल मैदानमा विजयनगर महोत्सव हुने भएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा भोजपुरी कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । पछिल्लो समय कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसाय चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताइएको छ। महोत्सवमा प्रथम विजयनगर डान्स आइडल २०८०, खुल्ला भलिबल प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ। ३० हजारभन्दा बढी दर्शक सहभागी गराएर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img