एजेन्सी ।
भारतीय कांग्रेस आइ पार्टीका नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा मानहानी मुद्दा दायर भएको छ । कांग्रेस नेता गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी ९भाजपा० का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक स्थानीय नेताले मुद्दा दायर गरेका हुन। नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, कांग्रेसमा यो सम्भव छैन ’ भन्ने अभिब्यक्ति दिएका थिए । सोही प्रकरणमा उनीविरुद्ध मानहानीको मुद्दा परेको हो । यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो । यद्दपी अदालतको आदेशलाई चुनौती दिँदै गान्धीले उच्च अदालतमा तल्लो अदालतको सुचना खारेजीको माग सहित आवेदन दिएका थिए ।