spot_img
spot_img
spot_img

राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री प्रचण्डको भनाई

spot_img

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता नहुने बताउनुभएको छ । निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने उहाँले बताउनुभएकोे हो। बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले आफूहरु नेपालको एक इन्च जमिनपनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताउनुभयो । उहाँले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताउनुभयो । यस्तै उहाँले नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि नलिने सिद्दान्तमा अडिग रहेको स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img