काठमाण्डौ ।
देशका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन। महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार यी क्षेत्रको मौसममा अहिले आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि–मनसुनी गतिविधि सक्रिय नै रहेको र आज कोशी, वाग्मती र गण्डकी क्षेत्रमा कतै कतै मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको हो । अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ भने ती क्षेत्रको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । अबका तीन दिन नै मौसम यस्तै रहने अनुमान छ ।