spot_img
spot_img
spot_img

भारतको कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैयाद्वारा शपथ ग्रहण

spot_img

एजेन्सी।

भारतीय कङ्ग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ। सिद्धारमैयाले आज कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको हो। यस्तै,उपमुख्यमन्त्रीका रुपमा कङ्ग्रेसका कर्नाटक राज्य अध्यक्ष डीके शिवकुमारले शपथ लिनुभएको छ। मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेङ्लोरको कांतिरवा रङ्गशालामा शपथ लिएका बीबीसी हिन्दीले जनाएको छ। सिद्धारमैया यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि कर्नाटकको १४औँ मुख्यमन्त्रीका रूपमा रहनुभएको थियो। ग्रामीणस्तरमा निकै मन पराइएका सिद्धारमैयालाई कर्नाटकका अत्यधिक लोकप्रिय नेताका रुपमा चिनिने बीबीसी हिन्दीले जनाएको छ। मे १० मा भएको चुनावमा भारतीय जनता पार्टीलाई हराउँदै कर्नाटकमा कङ्ग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img