spot_img
spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

spot_img

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरुलाई थप तीन दिन हिरासतमा राख्न अनुमती दिएको छ। आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आईतवार अदालतमा उपस्थित गराएपछि तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिईएको हो। प्रहरीले अनुसन्धान टुङग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमवार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंमा पेस गर्नुपर्ने बताईएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, खाँणका सयहोगी नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img