spot_img
spot_img
spot_img

अभियान चलेका बेला छुटेका बालबालिकाले खोप लगाउन पाउने

spot_img

काठमाण्डौ ।

अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् । सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभएपनि नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन पाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । ५ वर्षमुनिका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप दिइनेछ । खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ । सरकारले जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप निशुल्क दिने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img