रुपन्देही ।
रुपन्देहीको देवदह २ ढेकावरमा रहेको नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ। विद्यालयमा शैक्षिक सत्र २०८० मा कक्षा नर्सरी देखि कक्षा ७ सम्म नयाँ भर्ना भएका ७४ जना विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। शुक्रवार एक कार्यक्रमको आयोजना गरेर नव आगन्तुक विद्यार्थीहरुलाई विद्यालयले स्वागत तथा सम्मान गरेको हो। सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यार्थीको लगनशीलता, मेहनत र अनुशासनले मात्रै विधालयको शैक्षिक प्रगति हुने भएकाले विद्यार्थीहरुलाई निसङ्कोच आफ्ना कुरा राख्न, असल आचरणको पालना गर्न तथा अभिभावकले भनेका कुराहरु मान्न आग्रह गर्नुभयो।
उहाले बौद्विक, शारीरिक, सामाजिक तथा मानसिक विकासका लागि विधालयले विभिन्न साप्ताहिक गतिविधिहरु सञ्चालन गर्ने हुदा सक्रिय सहभागिता जनाउन समेत आग्रह गर्नुभयो। सोहि अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत देखाएका थिए। नव आगन्तुक विद्यार्थीलाई टीका, फुल दिएर स्वागत तथा कपी पेन्सील दिएर सम्मान गरिएको थियो। उक्त कार्यक्रम विद्यालय परिक्षा संयोजक सरिता गिरिको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक राज कुवरको स्वागत, अनुसासन इन्चार्ज कृष्ण प्रसाद भट्टराईको सहजीकरण तथा प्राथमिक तह इन्चार्ज सृष्टि बरालको सञ्चालनमा सम्पन्न भएको थियो।