कञ्चन ।
आगामी ३ बर्षका लागि रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,कञ्चन-४ रुपन्देहीमा आज भएको निर्वाचन निर्धारित समयमा सम्पन्न भएको छ। २ हजार ७११ मतदाता रहेको संस्थामा भएको निर्वाचनमा १ हजार ९०५ अर्थात ७०.२६ प्रतिशत मत खसेको छ। बिहान ९;४५ बजेबाट शुरु भएको निर्वाचन शान्तिपुर्ण रुपमा निर्धारित समयमा सकिएको हो।
संस्थाको नेतृत्वका लागि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको संयुक्त गठबन्धनबाट नाम बहादुर के।सी।, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भुपेन्द्र आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्योती नारायण आचार्य र सेर बहादुर पुनले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका छन। केहीबेरमै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।