spot_img
spot_img
spot_img

अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप, १० जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा उनीहरुको ज्यान गएको हो । हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो । त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ । गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन। तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img