spot_img
spot_img
spot_img

टर्कीमा भएको राष्ट्रपति चुनावमा रिसेप तैयप एर्डोगान विजयी

spot_img

एजेन्सी ।

टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ। उहाँले ५२ प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लुलाई पराजित गर्नुभयो । त्यहाँका निर्वाचन अधिकृतका अनुसार एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत पाउनु भएको छ । दुई हप्ता अघि मे १४ तारिखमा भएको पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति एर्डोगान र उहाँका प्रतिस्पर्धी किलिच्दारोग्लु दुवैले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः मतदान भएको हो । टर्कीमा राष्ट्रपति चुनिन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन हुनु भएको हो । जित पछि उहाँले आफूलाई विश्वास गरेर मतदान गर्ने नागरिकलाई आभार व्यक्त गर्नुभएको छ । उहाँले यो जित समग्र टर्कीका नागरिकको जित भएको पनि बताउनु भएको छ । उहाँका समर्थक र शुभचिन्तकले जितपछि उत्सव मनाउन थालेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img