spot_img
spot_img
spot_img

स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन

spot_img

काठमाडौं ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ । आज (सोमबार) अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको जानकारी गराउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढ्एको बताउनुभयो ।
उहाँले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताउनुभयो । महतले औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताउनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img