काठमाण्डौ ।
आईसीसी विश्वकप क्रिकेट छनोटको अन्तिम तयारीका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रोहित पौडेलको कप्तानीमा टोली गएराति दक्षिण अफ्रिका प्रस्थान गरेको हो। यो टोलीमा सन्दीप लामिछाने भने परेनन । जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता छ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन। आउँदो जुन १८ तारिखमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ। नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ।