भैरहवा।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध रुपमा चोरी प्रठारी गरी ल्याउदै गरेको २ लाख रुपैया बराबरको करिब ३ हजार २ सय पिस कुखुराको चल्ला बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार करिब ६ः०० बजेको समयमा जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. २ मैनिहवा स्थितमा भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा ४० वटा काटुनमा ३२०० वटा बोईलर कुखुराको चल्ला बरामद गरेको हो। करिब २ लाख मुल्य पर्ने कुखुराको चल्ला बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय वेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ।