spot_img
spot_img
spot_img

नेमकिपाद्वारा नागरिकता विधेक खारेजिको माग,भारतीय विस्तारवादविरुद्ध संघर्षकाे चेतावनी

spot_img

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति रामचनद्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक खारेज गर्न माग गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० को अध्यक्षतामा बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकता विधेक खारेजिको माग गरेको हो । बैठकले देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोध एवम् भत्सना गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को अनुमतिबिना वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नु संसद्को सर्वोच्चता र संसदीय परम्परा विपरीत भएको नेमकिपाले जनाएको छ । गत मंसिर ४ को संसदीय निर्वाचनपछि गठन भएको माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीपरिषद्ले २०८० जेठ १२ गते संसद छलेर उक्त विधेयक प्रमाणीकरणको लागि वर्तमान राष्ट्रपतिसमक्ष अनुरोध गर्नु अनाधिकार र प्रजातन्त्रविपरीत भएको बैठकले ठहर गरेको छ । अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयकलाई संसद्को अनुमतिविना पछिल्लो राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैमा त्यसलाई वैध मान्न नसकिँने नेमकिपाले चेतावनी दिएको छ ।

२०७२ असोज ३ अघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका विदेशीका सन्तानले र विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका विदेशी व्यक्तिले समेत वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने विधेयकको प्रावधान नेपालीको हितमा नभएको ठहर गर्दै बैठकले राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग गरेको छ । नेपाल मजदुर किसान पार्टी नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवम् भत्सर्ना गर्दै भारतले नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर तयार गरेको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डतामाथि भारतीय विस्तारवादको हस्तक्षेप भएको समेत नेमकिपाले ठहर गरेको छ । नेका माओवादीसमेतको समर्थनमा बनेको पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले भारतको नयाँ नक्सा खारेज गर्न गराउन जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतले जारी गरेको नयाँ नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवादविरुद्ध सङ्घर्ष चालु राख्ने नेमकिपाले जनाएको छ ।भारतले जारी गरेको नयाँ नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवादविरुद्ध सङ्घर्ष चालु राख्ने नेमकिपाले जनाएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img