काठमाण्डौ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताउनुभएको छ। भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिबार ट्वीटरमार्फत भ्रमण फलदायी भएको बताउनुभएको हो। नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो।’उहाँले भन्नुभयो’।
उहाँले भारतको स्वच्छ शहरको पहिचान बनाएको इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरिएको सो क्षेत्रको भ्रमण नेपालका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्नुभएको थियो। उज्जैनमा प्रचण्डले महाकालेश्वर मन्दिरको अवलोकन र पुजापाठ गर्नुभएको थियो ।