२० जेठ, काठमाण्डौ ।
नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याँक अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो । २०६८ को जनगणनामा जातजाति १ सय २५ रहेकामा अहिले १७ थप भएको छ ।
२०६८ को जनगणना अनुसार १ सय २३ वटा मातृभाषा रहेको कार्यालयले जनाएको छ । अहिले (अन्य भाषा) समेत जोडेर मातृभाषाको सङ्ख्या एक सय २४ कायम गरिएको छ भने १२ वटा विदेशी भाषा बोल्ने एकदमै न्यून व्यक्तिहरुको संख्या र अहिले नयाँ थप भएका १३ वटा समेतलाई जोडेर (अन्य भाषा)मा राखिएको हो । यस्तै नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसले हिन्दु धर्म मान्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । उ