एजेन्सी ।
आर्थिक एवं राजनीतिक सङ्कट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको सङ्कट बढ्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन ९एफएओ० र विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी०ले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको हो । दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदो दिनमा यो अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ । खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एवम् जलवायु परिवर्तन लगायतका कारण खाद्य सङ्कट बढ्ने भनिएको छ ।
यस्तै, पाकिस्तानमा अघिल्लो वर्षको बाढीबाट कृषि क्षेत्रमा भएको व्यापक क्षति र राजनीतिक एवं आर्थिक सङ्कटले खाद्य असुरक्षा बढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया, केन्या, प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा सिरिया र म्यानमारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ । खाद्य असुरक्षा भएका यी सबै देशको जनजीवन दुईछाक भरपेट खान नपाएर कष्टकर हुने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।