spot_img
spot_img
spot_img

इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

spot_img

एजेन्सी ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदो दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताउनुभएको छ । नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलवार र बुधवार औपचारिक रूपमा फेरि खोल्ने उल्लेख गर्नुभएको छ । यो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान–साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा हो, मन्त्रालयको वेबसाइटमा उल्लेख छ । इरानले अनुभवी कुटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले बताएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img