spot_img
spot_img
spot_img

सोइया महिला स्वावलम्वी संस्थाको ‘प्रहरी मेरो साथी’ कार्यक्रम

spot_img

देवदह ।

सोइया महिला स्वावलम्वी संस्थाले ‘प्रहरी मेरो साथी’ कार्यक्रममार्फत बालबालिका तथा किशोर किशोरीहरुलाई अपराध न्युनिकरण सम्बन्धी कानुनी शिक्षा प्रदान गरिएको छ। जसले आफ्नो डरको सामना गर्न जान्दछ, उ नै साहसी कहलाउदछ भन्ने मुल नारा साथा संस्थाले बिद्यालय तहका बालबालिकालाई लक्षित गरेर अपराध न्युनिकरण सम्बन्धी सचेनामुलक शिक्षा प्रदान गरेको हो।

शनिबार देवदह नगरपालिका ४ भवानिपुर स्थित श्री महामाया भवानी उच्च माध्यमिक बिद्यालयको सभाहलमा बिद्यार्थीहरुलाई बालअधिकार,बालबालिकामाथी हुने हिंसा,हिंसाको पहिचान र हिंसाबाट बच्ने उपाय, अपराध र आधारभूत सुरक्षा, प्रहरीलाई खबर गर्ने अवस्था र १०० नम्बरको प्रयोग, आत्महत्या सम्बन्धि प्रहरी नायाब निरीक्षक कुल बहादुर घर्ती मगरले प्रशिक्षण दिनुभएको थियो।

त्यस्तै दोश्रो सेसनमा ट्राफिक इन्स्पेक्टर शोभा पाण्डेले ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

बालबालिकामा प्रहरीप्रति रहेको नकारात्मक धारणालाई हटाउँने उद्देश्य साथ प्रहरी मेरो साथि कार्यक्रम आयोजना गरिएको गल्स फस्ट फण्ड परियोजना सामाजिक परिचालक एलिना हमालले बताउनुभयो।

उक्त कार्यक्रममा नेपाल बाल संगठनका जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, सोहिया महिला स्वावलम्वी संस्थाको व्यवस्थापक मेनुका न्यौपाने, संस्थाको कार्यसमिति सदस्य तथा कर्मचारी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता र परियोजना संयोजक रोजी गुरुङको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img