spot_img
spot_img
spot_img

६ घण्टाको बाथरुम ब्रेक लिएपछि जागिर चट!

spot_img

एजेन्सी ।

चीनका एक व्यक्तिलाई कामको समयमा शौचालयमा अत्यधिक समय बिताएको भन्दै जागिरबाट निकालिएको छ । ती व्यक्तिले टोइलेटमा ४७ मिनेटदेखि ६ घण्टासम्म बिताउने गरेको बताइएको छ । चिनियाँ मिडियाले यो अचम्मको घटनाबारे जानकारी दिएको हो जसअनुसार वाङ थर भएका एक व्यक्तिले आफूलाई जागिरबाट निकालेको भन्दै मुद्दा दर्ता गरेका थिए। उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण शौचालयमा धेरै समय बिताउनु परेको भन्दै मुद्दा दर्ता गरेका थिए । वाङले आफ्नो एनोरेक्टल ९मलद्वार० सम्बन्धी समस्या भएका कारण शल्यक्रिया गर्नुपरेको र यसका कारण आफूलाई पीडा र असहज महसुस हुने गरेकोले दैनिक ३ देखि ६ घण्टा शौचालयमा बिताउन बाध्य भएको बताए । वाङको पूर्व रोजगारदाता कम्पनीले १० दिनको अवधिमा उनले जम्मा २२ पटक टोइलेट ब्रेक लिएको जुन ४७ मिनेटदेखि ६ घण्टासम्म भएको जानकारी दियो । काममा ढिलो, कार्यालयबाट छिटो निस्केको, जानकारी नदिई बिदा बसेकोले तियानजिनस्थित नाम नखुलाइएको कम्पनीले वाङलाई जागिरबाट निकालेको स्पष्टीकरण दिएको छ ।

वाङको शल्यक्रिया सन् २०१४ को डिसेम्बरमा भएको थियो । उनको रोजगारदाता कम्पनीले सन् २०१५ मा जुलाईमा काममा फर्किएपछि उनले असामान्य रूपमा टोइलेट ब्रेक लिन थालेको बतायो । वाङलाई कम्पनीले २०१५ मा सेप्टेम्बर ७ देखि १७ सम्म निगरानीमा राखेको थियो । त्यति बेला उनले प्रत्येक दिन तीन पटक लामो टोइलेट ब्रेक लिएको पाइएपछि उनलाई कम्पनीले जागिरबाट बिदा गर्ने निर्णय गरेको थियो । अक्टोबर २०१५ मा वाङले कम्पनीमा आफ्नो जागिर पुनर्स्थापित गर्न मध्यस्थताको खोजी गरे । दुई पक्षबीच लामो कानुनी लडाइँ भयो जुन यस वर्ष समाप्तभयो। तियानजिन उच्च अदालतले ती व्यक्तिको बाथरुम ब्रेक ‘उचित र सामान्य शारीरिक आवश्यकता’ भित्र नपरेको घोषणा गर्‍यो । त्यसैले वाङले मुद्दा हारे। यो खबरले मिश्रित प्रतिक्रिया पाएको छ । कतिले यसलाई निकै गम्भीर स्वास्थ्य समस्या बताइरहेका छन् भने कतिले शौचालयमा तीन घण्टा बिताउनु भनेको सामान्य कुरा नभएको बताएका छन् । यस्तै, कोहीले भने ‘काम कहिले गर्‌छौ’ भनेर प्रश्न सोधेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img