एजेन्सी ।
जापानले बलात्कारसम्बन्धी परिभाषा परिवर्तन गर्दै सहमतिमा यौन सम्बन्धको उमेर हद बढाएको छ। कानुनी रुपमा यौन सम्बन्धका लागि सहमतिको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्याइएको बीबीसीले जनाएको छ । यसअघि सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो। जापानको संसद्को माथिल्लो सदनले हिजो नयाँ कानुन पारित गरेको हो । यसका साथै बलात्कारसम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट १५ वर्ष पुर्याइएको छ। अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??