काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई गएराति २ बजेदेखि असहज भएको र बिहान ५ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागी लगिएको हो ।अहिले उहाँको उपचार भैरहेको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ । गत मंगलबार पनि अचानक छाती दुखेपछि उपचारपछि बुधबार डिस्चार्ज हुनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??