काठमाडौं ।
एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आइतबारबाट जिम्बाबेमा सुरु हुदैछ। पहिलो दिन नेपालले घरेलु टोली जिम्बावेको सामना गर्दैछ। जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लवमा खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे यो सुरु हुनेछ। जिम्बावेबिरुद्धको आइतबारको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ। नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। सन २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट खेलमा नेपाललाई जिम्बाबेले १ सय १६ रनले हराएको हो ।
त्यतीबेला नेपालको एक दिवसिय मान्यता नभएकोले उक्त खेललाई ‘लिष्ट ए’ को मान्यता दिईएको थियो । विश्वकप छनौटमा १० टोली सहभागि छन । नेपालको समुहमा जिम्बाबे, वेष्ट इंडीज, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् भने समुह ‘बि’ मा श्रीलंका, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड र युएई रहेका छन । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एक दिवसिय विश्वकप क्रिकेटको लागि छानिने छ।