एजेन्सी ।
भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन् । प्रदेश राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु भएको हो । त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ । चर्को गर्मीमा नियमित विद्युत आपूर्ति हुन नसक्दा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । मूख्यमन्त्री योगी आदित्यनाथले विद्युत आपूर्ति नियमित गर्न र आपूर्तिमा विभेद नगर्न आदेश दिनुभएको छ । उता, भारतकै राजस्थानमा भने भारी वर्षापछिको बाढीले बेहाल बनाएको छ । बिपरजोए समुद्री आँधीको प्रभाव परेको राजस्थानमा पछिल्ला दुई दिनमा भएको भारी वर्षाले तवाह मच्चाएको हो । आँधी, हुरी, वर्षा र बाढीका कारण पाँच सय गाउँमा विजुली समेत अवरुद्ध भएको छ ।