spot_img
spot_img
spot_img

होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जना कैदीको ज्यान गएको छ । लामो समयदेखि समस्यामा रहेको कारागारमा हिंसा भड्किएको रोयटर्सले जनाएको छ । हिंसामा धेरैजसोको जलेर ज्यान गएको र केहीलाई गोली लागेको होन्डुरसको सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराले बताउनुभएको छ । हिंसा भड्किएको ठाउँमा अहिले खोजी भइरहेको र ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने पनि उहाँले बताउनुभएको छ । त्यही कारागारमा यस्तै घटना सन् २०१९ मा पनि भएको थियो । त्यसबेला ४० जनाको ज्यान गएको थियो । महिला कारागारमा पछिल्ला वर्षहरूमा हत्या–हिंसाका घटनाहरू बढेका छन् । दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ । कारागारमा झण्डै आठ सय कैदीलाई राखिएको छ । जुन संख्या क्षमताको दोब्बर हो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img