spot_img
spot_img
spot_img

भारतीय नयाँ नक्सा खारेजीको माग गर्दै युवा संगठनको दशगजामा प्रदर्शन

spot_img

​विनोद खनाल, बुटवल । 

विप्लप नेतृत्वको नेकपा निकट युवा संगठन नेपालले नेपालको अतिक्रमित भुमी समेटेर सार्वजनिक गरेको नयाँ नक्साको खारेजीको माग गर्दै दशगजामा बिरोध प्रदर्शन गरेको छ । बुधबार रुपन्देहीको रोहिणीगाउँपालिका अन्तरगत बरवा बुँचीको ५११(१७) नम्बर सिमास्तम्भ कै अगाडी बिरोध पर्दर्शन सहित कोण सभा गरिएको हो । कोण सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज सरद सीले भारतले नेपाली भुमी पटक पटक अतिक्रमण गर्दै आएको र हाल जारी नयाँ नक्सामा कपिलबस्तु र लुम्बिनि समेत समेटेर आफ्नो बिस्तारबादी हैकम लाद्न खोजेको बताए। नेता सरदले उक्त नक्सा खारेज नगरे राष्ट्रीयताको आन्दोलन थप गरेर लैजाने बताए । भारतले बारम्बार हस्तक्षेप गर्दा पनि शाशकदलहरु उदासिन हुनु दुखद भएको बताउँदै नेता सरदले सरकारलाई अबिलम्ब नक्सा सच्याउन पहल गर्न आग्रह गरे। यस्तै जिल्ला सेक्रेटेरी बिरेन्द्र सीले बिट्रिस साम्राज्यबादलाई लखेट्ने उजिरसींहको बिरासत बोकेका नेपाली जनतालाई भरतीय समाराज्यबादले नहोच्याउन चेतावनि दिंदै भने “नक्सा नसच्याए स्वाधीनताको आन्दोलनले सबैखाले हस्तक्षेप बढारेर लैजान्छ।” यस्तै युवा संगठन ब्युरो संयोजक भक्त सीले स्वाधिन नेपाली युवाहरु कसैको दासता र हेपाई नसहने बताउँदै भारतीय हस्तक्षेपका बिरुद्ध एकजुट हुन सम्पुर्ण युवाहरु एक हुनुपर्ने बताए ।
नेपाल भारत सिमा स्तम्भ अगाडि नै कार्यक्रम गर्दा केही समय एसएसबिले अवरोध गर्न खोजेपनि बिरोध ब्यानर सहित नेपालको झन्डा गाडी कार्यक्रम गरिएको युवा नेता भक्त सीले जनाएका छन। युवा संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत पुर्वि लम्बिनि ब्युरोले आयोजना गरेको सो कार्यक्रममा नेकपाका नेता सहित युवा संगठनका नेता कार्यकर्ताहरु सहभागी थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img