spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

spot_img

काठमाडौं  ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ । रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रको समूह सहभागी थिए ।
नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन थियो । मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका थिए ।स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब कालीबाट र समापन नेपाली चरिया नृत्य कुमारीबाट गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img