काठमाडौँ।
आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित हुन बाध्य भएको हो । वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ४९।४ ओभरमा जम्मा २३८ रन बनाएर अलआउट भएको हो। यसअघि टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??