spot_img
spot_img
spot_img

भारतमा अर्को रेल दुर्घटना, मालगाडीका १२ डिब्बा ट्र्याक बाहिर

spot_img

एजेन्सी।

आइतबार भारतमा अर्को रेल दुर्घटना भएको छ । पश्चिम बङ्गालको बांकुडा जिल्लामा आइतबार बिहान दुई मालगाडी एक आपसमा ठोक्किँदा कम्तीमा १२ वटा डिब्बा ट्र्याक बाहिर भएका छन्। यो दुर्घटना ओन्दा रेलवे स्टेसनमा भयो। यो जोडदार ठक्करले अघिल्लो महिना भएको कोरोमण्डल दुर्घटनाको याद दिलाएको छ । रेलवे स्रोतले यसबारे जानकारी दिएको हो । रेलवेका एक अधिकारीका अनुसार ओन्दा स्टेसनको लूप लाइनमा बान्कुडाबाट विष्णुपुर जाँदै गरेको एउटा मालगाडी रोकिएको थियो । यसै रुटमा पछाडिबाट आएको अर्को मालगाडीले त्यसलाई जोडदार तरिकाले ठक्कर हान्यो।
यो ठक्कर यति बलियो थियो कि पछाडिको ट्रेनको इन्जिन पहिलो मालगाडीमा चढ्यो । जसका कारण १२ डिब्बा ट्र्याकबाहिर गए । रेलवे स्रोतका अनुसार एक चालकलाई हल्का चोट लागेको छ। यो दुर्घटनाका कारण बिजुलीको ओभर हेड तार टुटेको छ जसका कारण आद्रा–खडगपुर सेक्सनमा रेलको आवतजावत प्रभावित भएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img