spot_img
spot_img
spot_img

मेयर बालेन शाहसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

spot_img

काठमाण्डौ ।

उच्च अदालत पाटनले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहसँग स्पष्टीकरण नलिन अन्तरिम आदेश दिएको छ। आज मङ्गलबार न्यायाधीशहरू गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले मेयर शाहसँग स्पष्टीकरण सोध्ने नागरिक उड्डयन प्राधिकरणको यसअघिको निर्णय र पत्र कार्यान्वयन नगरि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाण्डौ महानगरको नगर प्रहरीले त्यहाँको फेन्सिङ तारलगायत सामग्री नियन्त्रणमा लिएको थियो । प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै मेयर शाहसँग स्पष्टीकरण सोधेको थियो । प्राधिकरणको यो निर्णयविरुद्ध मेयर शाहले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो ।

यसैबिच उच्च अदालत पाटनले मेयर बालेन शाहलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चलचित्र सङ्घले दायर गरेको रिटमा न्यायाधीशहरू हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले भारतीय चलचित्रको प्रदर्शनमा अवरोध नगर्न मेयर शाहको नाममा अन्तरिम आदेश दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img